नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

ऊर्जामन्त्री श्रेष्ठद्वारा पोखरामा विभिन्न आयोजनाको अनुगमन

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ ।

त्यसक्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो । मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट अहिलेसम्म ६५ प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको थियो ।

मन्त्री श्रेष्ठले आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी आयोजनाको कामलाई थप गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कूल चार अर्ब ५२ करोड रुपैयाँ लागत रहेको यो आयोजना रुपातालको संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धन र स्थानीय विकासका लागि महत्वपूर्ण रहेको छ ।

यस्तै मन्त्री श्रेष्ठले हिजो नै पोखराको लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति