नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

नेपालमा अमेरिकी लगानी बढाउन व्यवसायमैत्री वातावरण आवश्यक : अमेरिकी दूतावास

काठमाण्डौ – नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पती अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा रहेको अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अमेरिकी कम्पनीहरूका लागि नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु ट्रम्प प्रशासन र अमेरिकी दूतावासको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

अर्बोमले नेपालमा अमेरिकी कम्पनीहरूको सफलताले अन्य अमेरिकी कम्पनीहरूलाई पनि नेपाली बजारप्रति आकर्षित गर्ने उल्लेख गर्नुभयो । नेपालमा थप अमेरिकी कम्पनीले आफ्ना नवीन प्रविधि, उत्पादन तथा सेवा भित्र्याउन सकेमा दुवै देशका लागि आर्थिक अवसर विस्तार हुने उहाँको भनाइ छ ।

नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउन व्यापक समर्थन देखिएको उल्लेख गर्दै उहाँले यस अवसरको सदुपयोग गर्न अमेरिकी दूतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्यलाई निरन्तरता दिने पनि बताउनुभएको छ ।

हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै उहाँले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा धेरै सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप राजनीति