नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

प्रचण्डको आरोप : वर्तमान सरकार नागरिकका अधिकार खोस्नेतर्फ उद्यत छ

काठमाण्डौ - काठमाण्डौ - नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार नागरिकले लामो सङ्घर्षबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप लगाउनुभएको छ ।

आज काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विगतमा आफूहरू सरकार बनाउने र गिराउने खेलमा अल्झिँदा राष्ट्रिय स्वाधीनता र नागरिकको अधिकारविरुद्ध भइरहेका षड्यन्त्रतर्फ ध्यान दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले शान्ति सम्झौता, गणतन्त्र र समावेशिता विरोधी शक्तिहरूले ग्राण्ड डिजाइनअन्तर्गत षड्यन्त्र गरिरहेको दाबी गर्दै राज्य संयन्त्र गम्भीर नभएको टिप्पणी गर्नुभयो ।a

संयोजक प्रचण्डले भन्नुभयो, ‘अहिलेको सरकार मजदुर, किसान, सुकुम्वासी, कर्मचारी, विद्यार्थी र शिक्षकहरूलाई समेत आतङ्कित पार्ने र दमन गर्ने काममा लागेको छ। आन्दोलन र बलिदानबाट प्राप्त अधिकार खोस्नतिर यो सरकार उद्यत छ ।’ उहाँले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अब दीर्घकालीन रूपमा संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।  

प्रकाशित मिति:
थप राजनीति