नेभिगेशन
मंगलबार, असोज २७, २०८३

दिउँसोपछि पहाड र हिमालका केही ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ – उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला घमाइलो छ ।

दिउँसोपछि हिमाली र पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै ठाउँमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

भोलि पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पर्सि भने हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा मध्यमसम्मकै वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज