नेभिगेशन
बुधबार, असोज २८, २०८३

खाना पकाउने ग्यासको अभाव अझै हटेन, रोकियो फरक सिलिन्डर साटफेर

काठमाण्डौ – दशैँको चहलपहल बढ्दो छ । चाड मनाउन घरपरिवार, आफन्त भेला हुन थालेका छन् ।

पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन । कतिपय उपभोक्तालाई पिरलो थपिएको छ । दशैँ आइसक्यो तर भरि सिलिन्डर खोज्दै पसल र डिपो बारम्बार धाउनुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन ।

काठमाण्डौ उपत्यकामा घटस्थापनादेखि शुरु गरिएको फरक कम्पनीका ग्यास पनि साटफेर गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ ।

आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा ११ केन्द्रबाट फरक कम्पनीका ग्यास बिक्रीवितरण गरिँदै आएको थियो । यसअघि पर्सि ३० गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ ।

उपभोक्तलाई ग्यास सहज बनाउने प्रयास भैरहेको नेपाल आयल निगमको दाबी छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ ।

भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभएको छ । आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न सकेका छैनन् । उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढेको निगम र संघको भनाइ छ ।

गएको फागुनयता ग्यासको आपूर्ति सहज हुन सकेको छैन । दशैँ मनाउन धेरैजसो गाउँघर जाने भएकाले काठमाण्डौ उपत्यकामा अब खपत केहि घट्ने र बाहिरका जिल्लामा केही बढ्न सक्ने निगमले जनाएको छ । 

NOC-Notice-1791940846.jpg
 

प्रकाशित मिति:
थप समाज