नेभिगेशन
शनिबार, असोज ३१, २०८३

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको ज्यान गयो

काठमाण्डौ – काभ्रेको बनेपा नगरपालिका–१३ मा पर्ने अरनिको राजमार्गमा ग्यास बुलेटको ठक्करबाट नौ वर्षीय बालकको ज्यान गएको छ भने दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन् ।

आज बिहान काठमाण्डौबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले विपरित दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उहाँकी २७ वर्षीया श्रीमती रेणुका राई र नौ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए  ।

घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा बालक जुवासलाई बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति:
थप समाज