नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएर ताल बन्यो

काठमाण्डाै – गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा बूढीगण्डकीको सहायक खोला रेमुनाङ थुनिएको छ ।

पहिरोले रेमुनाङ खोला थुनिएपछि ताल बनेको छ । तत्काल उच्च जोखिम नरहेको तर सावधानी अपनाउन आवश्यक रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभएको छ ।

अध्यक्ष लामाका अनुसार तालबाट पानी बगिरहेको छ । पानी थुनिएर बनेको ताल एक्कासी फुट्यो भने बूढीगण्डकीको तटीय क्षेत्रमा जोखिम हुन सक्छ ।

चुमनुब्री–१ काे साम्दो–लार्के बजार पारिपट्टि क्षेत्रमा आज सुक्खा पहिरो खसेर खोला थुनिएपछि ताल बनेको हो ।

रेमुनाङ खोलालाई स्थानीयवासीले दिन्द्रुक पनि भन्ने गर्छन् । यो खोला बूढीगण्डकी नदीको नुब्रीतर्फको एउटा सहायक खोला हो ।

प्रकाशित मिति:
थप समाज