नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

तिहारको रौनक : किनमेल गर्न सर्वसाधारणको भीड (फोटो फिचर)

काठमाण्डौ - नेपालीहरूको उज्यालो पर्व तिहार नजिकिएसँगै  काठमाण्डौ उपत्यकासहित देशका प्रमुख व्यापारिक केन्द्रहरूमा रौनक छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न बजार पुग्ने सर्वसाधारणको चहलपहल बढेसँगै व्यापारिक क्षेत्रहरू झकिझकाउ र व्यस्त देखिन थालेका छन् ।

काठमाण्डौका असन, इन्द्रचोक, न्युरोड र महाबौद्धलगायतका पुराना व्यापारिक केन्द्रहरूमा उपभोक्ताको बाक्लो उपस्थिति देखिन्छ । सडक पेटीदेखि पसलका सटरसम्म तिहारका सामग्रीले भरिएका छन् ।

बजारमा सप्तरङ्गी टीकाका रङ, फूलमाला र झिलिमिली बत्तीले छुट्टै आकर्षण थपेका छन् । रातो, पहेँलो, हरियो, बैजनी र नीलो रङका टीकाले सडकपेटी रङ्गिन बनेका छन् ।

भाइटीकाका लागि आवश्यक पर्ने भाइ मसला, ओखर, भोगटे, मिठाई तथा अन्य खाद्य सामग्रीको खरिदबिक्री पनि बढेको छ । त्यसै गरी, घर सजाउन प्रयोग हुने विद्युतीय बत्ती, पूजाका सामग्री, नयाँ कपडा र खाद्यान्न किन्ने ग्राहकको चहलपहल उत्तिकै छ ।

भक्तपुरमा बनेका माटाका पाला, तामा तथा पित्तलका पूजाका भाँडाकुँडा र मूर्तिले बजारमा नेपाली मौलिकता झल्काएका छन् । ढाका टोपीलगायत स्थानीय उत्पादनको बिक्रीले पनि चाडपर्वसँगै स्वदेशी वस्तुको व्यापारलाई प्रवर्द्धन गरेको छ ।

तिहार लक्षित किनमेल बढेसँगै साना व्यापारी, फूल उत्पादक किसान र स्थानीय व्यवसायी उत्साहित देखिएका छन् ।
 

9-1794141946.jpg

1-1794141944.jpg

7-1794141946.jpg

2-1794141945.jpg

6-1794141945.jpg

8-1794141946.jpg

3-1794141945.jpg

5-1794141945.jpg

10-1794141946.jpg

प्रकाशित मिति:
थप विशेष