नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

अमेरिकामा देशनिकाला र पक्राउका घटना ऐतिहासिक उच्च स्तरमा

अमेरिकामा यस वर्ष सन् २०२६ मा देशनिकाला र पक्राउका घटना ऐतिहासिक उच्च स्तरमा पुगेको छ ।

आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) ले ४ लाख ८३ हजार २०० जनालाई देशनिकाला गरेको र आप्रवासनसम्बन्धी कसुरमा ४ लाख ९१ हजारभन्दा धेरै जनालाई पक्राउ गरेको गृह सुरक्षा विभाग (डीएचएस) ले जनाएको छ ।

देशनिकाला गरिएकाहरूको कुल सङ्ख्याले आईसीईको २३ वर्षे इतिहासका सबै कीर्तिमानहरू तोडेको समाचार संस्था अलजजीराले जनाएको छ । सन् २०२५ मा अमेरिकाले ४ लाख ४२ हजार ६४० जनालाई देशनिकाला गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको आप्रवासनसम्बन्धी कदम अत्यधिक कठोर भएको हुन सक्ने स्वीकार गरेको केही दिनपछि यो प्रतिवेदन सार्वजनिक भएको हो ।

ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई राेक्न विगतका कुनै पनि राष्ट्रपतिको तुलनामा कानून कार्यान्वयनलाई बढाएको वाशिङ्टन डीसीमा रहेको आप्रवासन अध्ययन केन्द्र (सीआईएस) का अनुसन्धान निर्देशक स्टिभन कामाटोराले बताउनुभएको खबरमा उल्लेख छ ।

साथै कानून कार्यान्वयनको डरले गर्दा धेरै आप्रवासीहरू आफैँ बाहिरिएका कारण गैरकानूनी आप्रवासीहरूको सङ्ख्यामा उल्लेख्य कमी आएको प्रमाण पनि भेटिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति:
थप विश्व