नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

अत्यधिक चिसो छल्न उपल्लो मुस्ताङका ३६५ विद्यार्थी बेसीमा

काठमाण्डौ – अत्यधिक चिसो र हिमपातबाट जोगाउन उपल्लो मुस्ताङका तीन सय पैँसट्ठी विद्यार्थीलाई जाडो छल्न बेसी झारिएको छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, संस्थागत तथा गुम्बा विद्यालयहरूले मङ्सिर १ गतेदेखि कास्कीको पोखरा र तनहुँका विभिन्न ठाउँमा घुम्ती कक्षा सञ्चालन गरेका हुन् ।

लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम गिरीका अनुसार चिसोका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा असर पर्ने भएकाले विद्यालयलाई अस्थायी रूपमा बेसी सारिएको हो ।

घुम्ती कक्षाका लागि लोमान्थाङका १७७ जना र लोघेकर दामोदरकुण्डका १८८ जना विद्यार्थी बेसी झरेका छन् । यसका लागि लोमान्थाङका सामुदायिक विद्यालयलाई प्रतिविद्यालय तीन लाख ५० हजार सङ्घीय अनुदान र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विद्यालयमै पठनपाठन र रेखदेख हुने भएपछि बेसी झरेका अभिभावकलाई व्यापार व्यवसाय गर्न सहज भएको छ । गर्मीयाम शुरु भएसँगै आउँदो वैशाखमा विद्यालय पुनः साविककै ठाउँमा फर्कनेछन् ।

प्रकाशित मिति:
थप समाज