नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

अन्नपूर्णको काखमा सुनौलो दाइँ उत्सव (फोटो फिचर)

काठमाण्डौ – कास्कीको पोखरा महानगरपालिका–२९, नौबिसे सिसुवा तालचोकका फाँटहरूमा धानबाली भित्र्याउने चटारो छ ।

उत्तरतर्फ टल्किएको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला अनि फाँटमा दाइँ उत्सवले रौनक थपेको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा ‘दाइँ महोत्सव’ भएको हो ।

खलोको बीचमा गाडिएको रातो–पहेंलो मियोमा आठ वटा गोरु नारेर घुमाउँदा परम्परागत कृषि संस्कृतिको जीवन्त झल्को थपियो । स्वदेशी तथा विदेशी पर्यटकले समेत हातमा लौरो तथा धान÷परालका मुठ्ठा लिएर गोरुको पछि पछि हिँड्दा खलोमा उत्साह छाएको देख्न पाइयो ।

कतै किसानसँगै पहेँलो धानका मुठ्ठा उचालेर झाँटिरहेका पाहुना त कतै छरिएका धान र पराल समेट्दै सघाएका दृश्यले श्रमलाई नै उत्सवमा बदलेको अनुभूति भएको छ ।

111-1795847695.jpg555-1795847695.jpg777777-1795847696.jpg2222-1795847695.jpg234233-1795847695.jpg000-1795847702.jpgtttt-1795847696.jpguuu-1795847696.jpg
 

प्रकाशित मिति:
थप विशेष