नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

काठमाण्डौ उपत्यकामा एकै दिन ६७५ चालक कारबाहीमा

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ७५ जना चालक कारबाहीमा परेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा पछिल्लो २४ घण्टामा उनीहरूलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा जाँडरक्सी खाएर गाडी चलाउने १०३, सीसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा चलाउने ११३ जना रहेका छन् ।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने, लेन अनुशासनको पालना नगर्ने र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई पनि जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा गाडीको धेरै चाप हुने चोकमा नियमित जाँच र सीसीटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ ।

सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पूर्ण पालना गर्न चालक र यात्रुलाई ट्राफिक प्रहरीको आग्रह छ ।

Traffica-1795929262.jpg

प्रकाशित मिति:
थप समाज