नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

‘इन्स्पेक्टर हौँ, मुद्दा नचलाई दाइलाई छुटाइदिन्छौँ’ भन्दै २ लाख माग गर्ने ५ जना पक्राउ

काठमाण्डाै – आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन दुई लाख रुपैयाँ माग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गाका टेकराज श्रेष्ठ, रामेछापका इन्द्रबहादुर भुजेल, पाल्पाका धिरज रानाभाट, सिन्धुपाल्चोकका खेलबहादुर मगर र सिन्धुलीका हर्क सिंह भोलन रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार गएको बिहीवार मङ्सिर १० गते दिउँसो सोधपुछका लागि काँडाघारी प्रभागमा बोलाइएका एक व्यत्तिलाई भेट्न उनका भाइ पुगेका थिए । त्यही क्रममा ती पाँच जनाले आफूहरू इन्स्पेक्टर भएको भन्दै दाइलाई मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर पैसा मागेका थिए । साथै उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएका खुलेको छ ।

पीडितले पैसा तिर्न अस्वीकार गरेपछि उनीहरूले फोन र म्यासेन्जरमार्फत धम्की दिएका थिए ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–९ वीरेन्द्र चोकबाट पाँच जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:
थप समाज