नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

दाङको राप्ती गाउँपालिकामा सरकारी समर्थन मूल्यमा धान खरिद शुरु

काठममाण्डौ – दाङको राप्ती गाउँपालिकामा सरकारी समर्थन मूल्यमा धान खरिद कार्य शुरु भएको छ ।

गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान खरिद प्रक्रिया शुरु गरेको हो ।

कम्पनीले चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० तथा मध्यमको ३ हजार ८६० निर्धारण गरेको छ । यो समर्थन मूल्यमा किसानबाट धान खरिद भइरहेको कम्पनीको शाखा कार्यालय प्रमुख शक्तिराम डाँगीले बताउनुभयो ।

राप्ती गाउँपालिकाबाट ८०० क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । कृषि प्राविधिक निर्मला गिरीका अनुसार किसानलाई धान बिक्री गर्न सहज हुने गरी खरिद प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास भैरहेको छ ।

यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले देउखुरीको गढवा गाउँपालिकाका किसानबाट धान खरिद गरिसकेको छ ।

प्रकाशित मिति:
थप समाज