नेभिगेशन
सोमबार, मंसिर १४, २०८३

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द

काठमाण्डाै – चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरी तुइनखोलामा पहिरो रोकथाम तथा मर्मतको काम शुरू भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाइएको हो ।

मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा आउने–जाने गाडी भने निर्बाध रूपमा चल्नेछन् ।

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबीसे खण्डको घोप्टेभीरमा सुक्खा पहिरो व्यवस्थापनको काम सकिएपछि हिजो बेलुकादेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज