हावाबाट चल्ने बिजुलीको मर्मत गर्न चालिस लाख विनियोजन, छिट्टै मर्मत हुने

 फागुन ३, २०७५ शुक्रबार १२:२४:४८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी –  नवलपरासीमा बन्द भएको हावाबाट बिजुली निकाल्ने केन्द्रको मर्मत हुने भएको छ ।  हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको विद्युत केन्द्र मर्मत गरेर पुनः सञ्चालन गरिने भएको हो । लामो समय सम्म मर्मत नहुदा बन्द अवस्थामा रहेको विद्युत केन्द्र पुनः सञ्चालनमा ल्याउन लागिएको हुप्सेकोट गाउँपालिकाका प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो  ।

विद्युत केन्द्रमा रहेका ब्याट्री र टर्वाइनमा समस्या आएपछि लामो समयदेखि बिजुली उत्पादन बन्द भएको थियो । गाउँपालिकाले ब्याट्री मर्मतका लागि विराटनगर पठाएको र प्रदेश सरकारले यसलाई व्यवस्थित रुपमा चलाउन चालिस लाख रुपैयाँ विनियोजन गरेको समेत प्रमुख प्रशासकीय अधिकृत पंगेनीले बताउनुभयो ।

भौतिक पूर्वधार मन्त्रालयले यसलाई व्यवस्थित र पूर्ण क्षमतामा सञ्चालनका लागि वजेट विनियोजन गरेको छ । बन्द रहेको हावाबाट चल्ने बिजुली चालु आर्थिक वर्षभित्र मर्मत गरिने प्रशासकीय अधिकृत पंगेनीले बताउनु भयो । 

वि.सं. २०६८ साल धौवादीमा निकालिएको हावाबाट चल्ने बिजुली मर्मतको अभावमा बन्द अवस्थामा छ । हावाबाट १० किलोवाट र सोलारबाट २ किलोवाट गरी १२ किलोवाट क्षमताको यो परियोजना मर्मत हुन नसक्दा  बन्द भएको हो । हावाबाट विद्युत उत्पादनका लागि ५/५ किलोवाटका दुईवटा टर्वाइन राखिएको छ । मर्मतको अभावले अहिले  टर्वाइनलेसमेत काम गर्न छाडेको छ ।

राष्ट्रिय प्रसारणको विद्युत लाइन नपुगेको पहाडी क्षेत्रका बासिन्दाले हावाबाट बिजुली निकाली वितरण गरेकोमा बिजुली उत्पादन रोकिएपछि अन्धकारमा बस्न बाध्य छन् । हावाबाट उत्पादन गरिएको बिजुली यहाँका ४२ घर धुरी र धौवादीमा रहेको इलाका प्रहरी कार्यालयले उपभोग गर्दै आएका थिए ।
 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया