नवलपरासीमा बस र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गयो, २३ घाइते

 जेठ १६, २०७६ बिहिबार १४:५६:९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – देवचुली नगरपालिकामा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने अन्य २३ जना घाइते भएका छन् । 

दुर्घटनामा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-१४ की ६५ वर्षीया कुमारी सुनारी, गैँडाकोट नगरपालिका-१८ की ७० वर्षीया जमुना मापछनको र नाम ठेगाना नुखुलेकी अन्दाजी ३५ वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका २ हमाल चोकमा ना ४ ख ५२९५ नम्बरको बस र  ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेका दुई जनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो ।

दुर्घटनामा परेर घाइते भएका एक जनाको पुरानो मेडिकल कलेज, १३ जनाको मनकामना अस्पताल चितवन, ८ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया