कावासोती नगरपालिकाको गाडीमा आगजनी

 असार १०, २०७६ मंगलबार ९:५०:१५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – कावासोती नगरपालिकाको गाडीमा सोमबार राति नचिनेको मानिसको समूहले आगजनी गरेका छन् । 

कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दनिया थारुको घर अगाडि पार्किङ गरेर राखिएको लु १ झ ३२१ नम्बरको स्कर्पियो गाडिमा आगजनी भएको हो ।

कावासोती नगरपालिका –१५ , बागखोरमा रहेको घर अगाडि राखिएको गाडीमा सोमबार राति साढे १ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । आगजनी गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ । आगजनी भएको गाडी उप–मेयर मर्दनियाले प्रयोग गर्दै आउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया