ताप्लेजुङ–चीन जोड्ने सडक : २४ किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी

 असार २५, २०७६ बुधबार ९:४९:४३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – पूर्वी नेपाल र चीन जोड्ने ताप्लेजुङ–ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्ग सडक खण्डको ट्रयाक ओपान गर्न २४ किलोमिटर मात्र बाँकी रहेको छ ।

ताप्लेजुङको दोभान–बाहनन्दे–फुङलिङ बजार–सुकेटर–सिंवा–लेलेप–ओलाङचुङगोला हुँदै चीनको सिमाना  टिप्ताला भन्ञ्याङ पुग्ने सडकको ट्रयाक ओपन गर्न अब २४ किलोमिटर मात्र सडक बाँकी रहेको हो । 

पूर्वी नेपालको समिृद्धिसँग जोडिएको यो लोकमार्गको अहिले लेलेपको थाक्पाखोला कटेर लुङथुङसम्म पुगेको उत्तर–दक्षिण ओलाचुङगोला लोकमार्ग आयोजना कार्यालय ताप्लेजुङका सूचना अधिकारी इन्जिनियर सञ्जीवकुमार गुप्ताले बताउनुभयो । 

गएको वर्ष लोकमार्ग आयोजनाको कर्यालय नै नेपाल सरकारले उठाएर केही काम गर्न असहज भएको थियो । तर, पुनः नेपाल सरकाकले अयोजना कार्यालयलाई ताप्लेजुङमा स्थापना गरी काम सुरु भएपछि अहिले ट्रयाक ओपन गर्ने काम धमाधम भइरहेको बताइएको छ । 

ताप्लेजुङको दोभानदेखि चीनको सिमाना टिप्ताला भञ्ज्याङ पुग्न १ सय २३ किलोमिटर हो । यो दोभान बजारदेखि जिल्लाको पर्यटकीय क्षेत्र ओलाङचुङगोला पुग्न १०० किलोमिटर हो । ओलाङचुङगोलादेखि सिमाना सम्मको २३ किलोमिटर सडक स्थानीयको पहलमा दुई वर्ष अगाडि सम्पन्न भएको छ । 

दुई वर्ष अगाडि एबीए लाइट जेभीले ४० करोडमा ठेक्का लिएर सडकको काम गरिरहेको छ । यो ठेकेदार कम्पनीले अब बाँकी रहेको २४ किलोमिटर सडक २०७७ सालको असार २५ सम्ममा सक्नु पर्ने सम्झौता छ । सो समय सम्ममा कम्पनीले सडक ट्रयाक ओपन गरेर लोकमार्ग कार्यालयलाई बुझाउनु पर्नेछ । 

सडक निर्माणसँगै पूर्वी नेपालको चीनसँगको ढोका खुल्ने विश्वास गरिएको छ । यो सडक मोरङको रानी भन्सार अर्थात भारतको सिमानादेखि ताप्लेजुङको ओलाङचुङगोलाको टिप्ताला भञ्ज्याङ आर्थात् चीनको सिमाना पुग्न नेपालकै छोटो मार्गको रुपमा परिचित रहेको छ । 

पक्की पुल निर्माणको काम तीव्र गतिमा

भारत र चीन जोड्ने नेपालको सबै भन्दा छोटो दूरीमा रहेको ताप्लेजुङ–ओलाङचुङगोला लोकमार्गमा दर्जनौँ खोलाहरु रहेका छन् । ती विभिन्न खोलाहरुमा मध्ये केही खोलाहरुमा मोटरेबल पुल निर्माण भैरहेका छन् । 

लोकमार्गमा पर्ने ती खोलाहरुमा हिउँदमा गाडी चले पनि वर्षाको समयमा सडक अवरुद्ध हुने गरेको छ । यो मार्गमा पर्ने याफ्रे खोलामा बेलिब्रिज बनि सकेको छ भने ती क्षेत्रमा रहेका ३ वटा अन्य खोलाहरुमा पुल निर्माणको काम भैरहेको छ । 

फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने फुरुम्बु खोलामा मोटरेबल पक्की पुल निर्माण भइरहेको ताप्लेजुङ–ओलाङचुङगोला सडक कार्यालयका सूचना अधिकारी गुप्ताले बताउनुभयो । उहाँले यो खोलामा ३ करोड ७० लाखको लगानीमा पुल निर्माण सम्पन्न हुन लागेको जानकारी दिनुभयो । 
 
यही मार्गमा पर्ने तावाखोलामा ३ करोड ७ लाख र थिवा खोलामा ४ करोडको लगानीमा पक्की पुल निर्माणको काम भैरहेको छ । तापेथोक र लेलेप जोड्ने तमोर नदी माथि पुल निर्माणको लागि प्रस्ताव पठाएको भए पनि स्वीकृत नभएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया