ताप्लेजुङमा ठूलाे परिमाणमा हतियार संकलन

 असार २७, २०७६ शुक्रबार १५:५३:७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा प्रहरीले चार महिनाको अवधिमा ठूलो परिमाणमा हतियार संकलन गरेको छ । 

गृह मन्त्रालयले गएको चैत्र १ गतेदेखि सुरु गरेको हातहतियार संकलन अभियान अन्तर्गत अहिलेसम्ममा २ सय ६६ वटा विभिन्न खाले हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो । 

देशका ७७ ओटा जिल्लामध्ये ताप्लेजुङमा सबैभन्दा धेरै हातहतियार संकलन भएको हो । संकलन भएका हतियार शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।  

संकलन भएका हतियारमध्ये ५८ ओटा मात्रै लाइसेन्सप्राप्त हतियार रहेको र अन्य भने अवैध रुपमा राखेका हतियार रहेको उहाँले बताउनुभयो । ताप्लेजुङमा झण्डै तीन सयवटा हतियारको लाइसेन्स वितरण गरिएको भए पनि ५८ ओटामात्रै संकलन भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । 

संकलन भएका हतियारमध्ये भरुवा बन्दुक २ सय ५३ नाल, सर्ट गन २ ओटा, १२ बोरको हतियार ५ थान, टुटु १ नाल, म्याक्नाम १ नाल संकलन भएको हो । यस्तै एक थान रिभल्वर र ३ वटा गोली जिल्लाका विभिन्न ठाउँबाट संकलन भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया