कोरोना भाइरसको संक्रमण युरोपमा पनि भेटियाे, फ्रान्सका तीन जनामा संक्रमण भएको पुष्टि

 माघ ११, २०७६ शनिबार ६:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तीब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा पनि देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।

फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एक जनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुने । यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।

बेलायत र क्यानाडामा पनि संक्रमित भएको अनुमानमा परीक्षण भैरहेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा २६ जनाको ज्यान गैसकेको छ भने ८ सय ३० जना संक्रमित भएका छन् ।

नयाँ वर्षको अवसरमा हुने आवागमनबाट कोरोना भाइरस झन् फैलने भन्दै चीन सरकारले विभिन्न १३ शहरमा यातायातमा रोक लगाएको छ ।

वुहानमा सबै प्रकारका यातायातका साधन चल्न रोक लगाइएको छ । यसैगरी वुहानमा कोरोना संक्रमितलाई राख्नको लागि एक हजार शैयाको अस्पताल ६ दिनभित्र बनाइसक्ने गरी धमाधम काम भैरहेको छ । वुहान शहरमा नै कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो । 


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया