१७ सय चिनियाँ स्वास्थ्यकर्मीमा काेराेना भाइरस (कोभिड-१९) को सङ्क्रमण

 फागुन २, २०७६ शुक्रबार १७:३९:४२ | रासस
unn.prixa.net

काठमाण्डौ - चीनमा कोरोना भाइरस (कोभिड-१९)बाट फेब्रुअरी ११ सम्ममा कुल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार जानकारी गराएको छ ।

यो सङ्ख्या कोभिड-१९ को सङ्क्रमण पुष्टि भएका कुल बिरामीको ३.८ प्रतिशत हो ।

एनएचसीका उप-निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा ज्यान गइसकेको छ ।’

कोभिड-१९ बाट ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या कुल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उहाँले बताउनुभयो । कोभिड-१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ । 

हुवेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप-निर्देशक चेनले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया