कोरोना भाइरस : इटलीमा पनि एक जनाको ज्यान गयाे, विद्यालय बन्द, खेलकुद कार्यक्रम रद्द

 फागुन १०, २०७६ शनिबार ६:२७:५० | एजेन्सी
unn.prixa.net

कोरोना भाइरसका कारण इटालीमा पनि एक जनाको ज्यान गएको छ ।

शनिबार इटलीमा ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले जनाएको छ । इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको छ भने खेलकुदका कार्यक्रम पनि रद्द गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ । चीनमा मात्रै अहिलेसम्म २ हजार २ सय ३९ जनाको ज्यान गएको छ भने ७५ हजार ५ सय ६७ जनालाई कोरोना भएको पाइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनको नेतृत्वको संयुक्त टोली आज कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान जाने भएको छ ।

अहिले चीनको बेइजिङ, सिचुवान र ग्वाङडोङमा काम गरिरहेको टोली आज वुहान जान लागेको हो । टोलीमा अमेरिका, सिंगापुर, दक्षिण कोरिया, जापान, नाइजेरिया, जर्मनी र रुसका विज्ञ रहेका समाचार संस्था सीएनएनले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया