कोरोना सङ्क्रमणबाट थाइल्याण्डमा एक जनाको ज्यान गयो

 फागुन १८, २०७६ आइतबार १६:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको संक्रमणबाट थाइल्याण्डमा पनि एक जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका ३५ वर्षका एक व्यक्तिको ज्यान अल जजीराले जनाएको छ । 

यस्तै, कोरोना भाइरसको संक्रमणका कारण अमेरिका र अस्ट्रेलियामा पनि एक-एक जनाको ज्यान गएको छ । वाशिङ्टनमा कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरेका छन् । 

यसअघि चीन र ईरानको यात्रामा कडाइ गरेको अमेरिकाले ईटली र दक्षिण कोरियाको यात्रामा पनि कडा गरेको छ । चीनबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ हजार नाघेको छ । यस्तै कोरोनाबाट संक्रमित ४२ हजार जनाभन्दा धेरै उपचार पछि घर फर्किएका छन्। 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया