कोरोनाको कारण साउदीअरबले दुई हप्ताको लागि अन्तर्राष्ट्रिय उडान रोक्ने

 चैत १, २०७६ शनिबार १८:३३:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण साउदी अरबले दुई हप्ताको लागि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या साउदीमा दिनानुुदिन बढ्दै गएपछि त्यहाँको सरकारले मार्च १५ अर्थात आइतबारदेखि दुई हप्ताको लागि अन्तर्राष्ट्रिय हवाइ सेवा स्थगित गर्ने जनाएको छ ।

यसलेसाउदीमा रहेका नेपालीहरु आउँदो दुई हप्तासम्म घर बिदामा नेपाल आउने पाउने छैनन् । यस्तै बिदामा नेपाल आएकाहरु पनि यस अवधिमा साउदी फर्किन सक्ने छैनन् । 

उडान स्थगनको कारण साउदी फर्कन नसक्नेहरुका लागि दुई हप्ताको विशेष विदा दिने साउदी सरकारले जनाएको छ ।  

यस्तै साउदी सरकारको निर्णयपछि आफूले दिँदै आएका केही सेवाहरु दुई हप्ताको लागि बन्द गरिएको साउदीको रियादमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले घरेलु कामदारहरुका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिस दिन बन्द गरेको छ । 

यस्तै अकामा र हुरुबसम्बन्धी आवेदन सङ्कलनका कामहरु पनि बन्द गरिएको दूतावासले जनाएको छ ।

कोरोनाकै कारण साउदी अरब र बहराइनमा रहेका नेपाली दूतावासले यसअघि नै श्रमिकको मागपत्र प्रमाणीकरण गर्न बन्द गरिसकेका छन् । यस्तै कुवेतले पनि दुई हप्ताका लागि उडान राेकिसकेकाे छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ghanshyamgiri

    March 25, 2020, 12:05 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया