६ महिनापछि ताप्लेजुङ–काठमाण्डाै उडान सुरु, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

 असोज ५, २०७७ सोमबार १९:५२:२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – कोरोना भाइरस सङ्क्रमणका कारण ६ महिनादेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ । सरकारले सोमबारदेखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेसँगै विमानस्थलमा सीता एअरलाइन्सले ताप्लेजुङ–काठमाण्डाै उडान सुरु गरेको हो । 

जहाजमा १४ जनाको सिट क्षमता भए पनि सोमबार ६ जना यात्रु र चालक दलका तीन गरी नौ जना बोकेर जहाज काठमाण्डौबाट ताप्लेजुङ पुगेको कम्पनीका बिजनेस म्यानेजर रितेश थापाले बताउनुभयो ।

ताप्लेजुङमा अहिले सक्रिय सङ्क्रमित छैनन् । पीसीआर नेगेटिभ रिपाेर्ट भएका यात्रुलाई मात्र जहाजमा चढाइने बिजनेस म्यानेजर थापाको भनाइ छ ।

यस्तै सुकेटार विमानस्थलमा पनि कडाइ गरिएको छ । विमानस्थलको प्रतिक्षालयमा स्यानिटाइजर छर्किने गरिएको र विमानस्थलभित्र मास्क अनिवार्य गरिएको सुकेटार विमानस्थलका स्टेशन म्यानेजर सूर्यबहादुर खत्रीले बताउनुभयो ।  

दशैँ, तिहारलगायत पर्वलाई लक्षित गरी सुकेटारमा उडान सुरु गरेको सीता एअरलाइन्सले जनाएको छ । 

सीता एअरलाइन्सले अब हरेक सोमबार र शुक्रबार उडान सञ्चालन गर्ने जनाएको छ । यस्तै उडान सञ्चालनमा आएसँगै जिल्लाका होटल व्यवसायी पनि उत्साहित बनेका छन् ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया