नेकपा नेतालाई नागरिकको चेतावनी : ‘पार्टी फुटाएर भोट माग्न आए खेदाउँछौँ’

 कात्तिक २३, २०७७ आइतबार १६:१४:१२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

नागरिककाे गुनासा सुन्दै मन्त्री भट्टराई

ताप्लेजुङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा विवाद चर्किएर पार्टी फुट्ने अवस्था आउन लागेका बेला ताप्लेजुङका नागरिकले बेलैमा सचेत हुन आग्रह गरेका छन् । उनीहरुले पार्टी फुटाउने नेतालाई गाउँमा आउन नदिइ खेद्ने चेतावनी दिएका हुन् ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराई गृह जिल्ला ताप्लेजुङको ग्रामीण क्षेत्रमा घुम्दै जाँदा मिक्वाखोला ३ लिबाङका वृद्धहरुले यो कुरा बताएका हुन् । लिबाङका वृद्ध बलनाथ लिबाङले केन्द्रमा पार्टी फुटाएर गाउँमा भोट माग्दै आए खेदाउने बताउनुभो । 

नेता सही भए मात्र देश सही दिशामा जाने बताउँदै बलनाथले केपी ओलीलाई पार्टी नफुटाइ देशलाई सही दिशामा लान भन्दै मन्त्री भट्टराईलाई सन्देश पठाउनुभयो । पूर्व नेकपा (एमाले) का क्षेत्रीय सदस्यसमेत रहनुभएका बलनाथले नेकपाका तीन नेतालाई पार्टी नफुटाउन सन्देश भनिदिनसमेत मन्त्री भट्टराईलाई आग्रह गर्नुभयो । नेकपाका तीन नेता केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सन्देश सुनाइदिन मन्त्री भट्टराईलाई आग्रह गर्नुभयो । भट्टराईले तीन नेतालाई सन्देश लैजाने वचन दिनुभयो । 

अर्का ७४ वर्षीय वृद्ध नारायण लिम्बुले आफू पनि पञ्चायतकालमा जेल बसेको मन्त्री भट्टराईलाई सुनाउनुभयो । पार्टी विभाजन भए देशमा ठूलो दुर्घटना हुने भन्दै लिम्बुले चिन्ता व्यक्त गर्नुभयो । लिम्बुले अहिलेका प्रधानमन्त्री केपी ओली सँगसँगै जेल बसेको सुनाउनुभयो । 

मन्त्री भट्टराई गएको २१ गते ग्रामीण क्षेत्रका नागरिकको गुनासो सुन्ने एक हप्ते कार्यक्रमका लागि ताप्लेजुङ आउनुभएको हो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया