प्रधानमन्त्री ओलीद्वारा किमाथाङ्का नाकाको अवलोकन, अरुण तेस्रो जलविद्युतको निरीक्षण गर्नुहुने

 कात्तिक २६, २०७७ बुधबार ११:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नुभएको छ ।

झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणाधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतबारे उहाँले जानकारी लिनुभएको छ । त्यसलगत्तै उहाँले बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षण गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

२०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको उत्तर-दक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली अनुगमन सकेर दिउँसो साढे ३ बजे काठमाण्डौ फर्कने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया