बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाँके – नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार सिफारिस बनाइ दिएर रकम असुल गर्ने भेरी अस्पतालमा कार्यरत दुई जना सुरक्षागार्ड र कोभिड वार्डमा सहयोगीको रुपमा कार्यरत एक जनालाई बुधबार अस्पतालबाटै पक्राउ गरिएको हाे ।
उनीहरुले निःशुल्क पीसीआरका लागि लक्षित वर्गका व्यक्तिकाे रुपमा डाक्टरकाे सिफारिस बनाएर रकम असुल गर्दै आएको प्रहरीले जनाएको छ । यसरी सिफारिस बनाउँदा उनीहरुले डाक्टरकाे सिफारिसका लागि आफैले किर्ते हस्ताक्षर गर्ने गरेकाे पाइएको छ ।
पक्राउ परेकाहरूले ६ जनाको सिफारिस बनाएर रकम लिएको बयान दिएको प्रहरीले जनाएको छ ।