अध्यक्ष प्रचण्डसँग भेटेपछि महासचिव पौडेलको प्रतिक्रिया : ‘पार्टीभित्रको विवाद गम्भीर मोडमा’

 मंसिर ५, २०७७ शुक्रबार १५:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद गम्भीर मोडमा पुगेको नेताहरूले बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धुम्बाराहीमा छलफलपछि महासचिव विष्णु पौडेलले परिस्थिति निक्कै गम्भीर भएको प्रतिक्रिया दिनुभएको हो ।

भेटमा अध्यक्ष प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर अवस्थामा रहेको तर समस्या समाधानहीन भने नरहेको बताउनुभएको स्रोतले जनाएको छ । यसअघि बुधबार सचिवालय बैठक बस्नुअघि पनि महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग पार्टीभित्रको आन्तरिक विवादबारे छलफल गर्नुभएको थियो ।

शुक्रबार नै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच पनि भेटवार्ता भएको छ । उहाँहरूबीच नेकपाभित्र चुलिएको विवाद समाधानबारे नै छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनप्रति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बन्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रस्ताव पेस गर्नुभए सँगै नेकपाभित्रको विवाद झनै बल्झिएको छ ।

अध्यक्ष प्रचण्डको प्रस्तावलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डविरूद्ध आक्रोश व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मङ्सिर १३ गतेसम्मको समय माग्नुभएको छ । त्यसअघि विभिन्न चरणमा छुट्टाछुट्टै छलफल सुरु भएको हो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया