‘कोरोनाको डर’ भन्दै ओली स्थायी कमिटीको बैठकमा अनुपस्थित, प्रचण्डको अध्यक्षतामा बैठक सुरु

 मंसिर २१, २०७७ आइतबार १३:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएको छैन ।

ओली उपस्थित नभए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको छ । 

‘धुम्बाराहीको हल सानो छ, त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री जानुभएको छैन, सम्भवतः धुम्बाराहीमा हुने बैठकमा उहाँ जानुहुन्न होला’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोसँग भन्नुभयो । 

शनिबारकाे सचिवालयको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक नबस्न आग्रह गर्नुभएको थियो तर अन्य सदस्यले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाले स्थायी कमिटीको बैठक बस्नुपर्ने र दुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावको छलफल गर्ने बताएका थिए ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया