प्रचण्डले माफी मागेर आए अध्यक्ष पद सुरक्षित छ : मुख्यमन्त्री पाेखरेल

 पुस २७, २०७७ सोमबार १९:३२:२६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पाेखरेलले नेकपाकाे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माफी मागेर आएमा अध्यक्ष स्वीकार गर्न तयार रहेको बताउनुभएको छ । 

बाँकेको खजुरामा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उहाँले प्रधानमन्त्री तथा नेकपाकाे ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई अराजनीतिक र गम्भीर आरोप लगाएर प्रचण्ड आफै पछारिएको टिप्पणी गर्नुभयो । उहाँले प्रचण्डले आफूले गरेको ऐतिहासिक भूलका लागि माफी मागे पार्टीमा अध्यक्ष पद सुरक्षित रहेको बताउनुभयो ।

पोखरेलले केही नेताहरूको पद र सत्ताको लोभले गर्दा पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पदका लागि पार्टी विभाजन गर्न तयार भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले सोमबार नै बाँकेको खजुरामा प्रदेश सरकारले निर्माण गरेको धनौली, गौघाट सडक र डुडुवामा गन्धैली नाका पुलको उद्घाटन गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया