प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि जवाफी बहस सुरु

 फागुन २, २०७७ आइतबार १२:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु भएको छ । 

रिट निवेदकले जवाफी बहस गरिरहेका सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन व्यवसायीले गएको बिहीवार बहस सकेपछि आजदेखि उहाँकातर्फबाट बहस गरेका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले जवाफ दिन लागेका हुन् । 

सुनुवाइ अदालतको संवैधानिक इजलासमा भइरहेको छ । इजलासमा प्रधानन्यायाधिश जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्ह्वा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते संसद विघटन गरेपछि त्यसविरुद्ध परेको मुद्दामा बहस भइरहेको छ । रिट निवेदकहरुले संविधान विपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले भने प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको दाबी गरेका छन् । 

जवाफी बहस सकिएपछि एमिकस क्यूरीमा रहेका पाँच जनालाई आफ्नो कुरा राख्न समय दिइनेछ । एमिकस क्यूरीले आफ्नो राय राखेपछि त्यसको केही दिन समय लिएर सर्वोच्च अदालतले फैसला गर्नेछ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया