एमालेमा ओली र नेपाल पक्षबीच छलफल हुँदै

 चैत २, २०७७ सोमबार १०:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा एमालेका दुवै पक्ष वार्तामा बस्न लागेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पक्षलाई वार्ताका लागि बोलाउनुभएको हो । अहिले केहीबेरमा दुवै पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल हुने स्रोतले जनाएको छ । 

छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुनेछ । यस्तै नेपाल पक्षका तर्फबाट नेपालसहित घनश्याम भुसाल, भीम रावल लगायत सहभागी हुने बुझिएको छ ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि दुई पक्षबीच पहिलोपटक छलफल हुन लागेको हो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया