अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा एक जनाको ज्यान गयो, एक जना घाइते

 बैशाख २९, २०७८ बुधबार २०:२४:२३ | नवीन गुरुङ
unn.prixa.net

अरुण तेस्रो पावर हाउस, पुखुवा । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवासभा – चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एक कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा शुक्लाफाँट नगरपालिका १२ कन्चनपुरका ३७ वर्षीय कृष्ण राना रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताउनुभयो । 

बुधवार बिहान ८ः३० बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा (लुज) खस्दा रानाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । त्यही ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको प्रहरीले जनाएको छ ।

नौ सय मेगावाट क्षमताको अरुण तेस्रोमा नेपाल र भारतका गरी तीन हजारभन्दा बढी कामदार कार्यरत छन् । अहिले अरुण तेस्रोको पावार हाउसको निर्माण भइरहेको छ । त्यहाँ पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया