सङ्खुवासभा : जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गयो

 जेठ ११, २०७८ मंगलबार १९:१:३६ | नवीन गुरुङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सङ्खुवासभा – सिलिचोङ गाउँपालिका–५ याफुको खुङडुवामा जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गएको छ । विराटनगरमा उपचारका क्रममा २१ वर्षीया निर्जला राईको ज्यान गएको आफन्त डेविन राईले बताउनुभयो ।

गएको शुक्रवार जङ्गली च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका थिए । बिरामीमध्ये आठ वर्षकी रोजिना राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएकाे आइतवार ज्यान गएको थियो । 

अर्का आठ वर्षीय सन्दान राईको धरानमा उपचार भइरहेको छ । अरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया