ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा

 असार ४, २०७८ शुक्रबार ९:८:७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । नौ वटा पालिकाका ६१ वडामध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।  

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम, फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङ्गोला पहिरोको उच्च जोखिममा रहेका छन् ।

सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालीखोला र आँङ्खोप उच्च जोखिममा रहेको विपद् समितिले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाको नाङ्खोल्याङ, थुम्बेदिन र चाक्सिबोटे तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिनका साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले आफ्नो मातहतमा रहेका सरकारी कार्यालय तथा गैह्रसरकारी सङ्घसंस्थालाई क्षमताले भ्याएसम्म बन्दोबस्तीका सामग्रीसहित पूर्वतयारीमा रहन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया