सङ्खुवासभामा पहिरोले एक घर पुरियो

 असार २३, २०७८ बुधबार १२:५७:२६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिका–७ सिम्लेमा पहिरोले एउटा घर पुरिएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले ३४ वर्षका सुरेश गुरुङको घर पुरेको वडा नम्बर ७ का अध्यक्ष मौसम आलेमगरले बताउनुभयो । घर पहिरोले पुरिएपछि सुरेशको परिवार विस्थापित भएको छ ।

लगातारको पानीले संखुवासभाको कोशी राजमार्गको माम्लिङ्ग—पिलुवा खोला सडक र मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दामा पहिरो जाँदा सडक बन्द भएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया