भाइटीका लगाउँदा यी कुरामा ख्याल गरौं

 कात्तिक २०, २०७८ शनिबार ७:३६:४९ | डा.रन्जिता फुयाँल
unn.prixa.net

कोरोना संक्रमण कम भए पनि जोखिम हटेको छैन । जोखिमकै बीच दशैँ, तिहार लगायतका चाडपर्व मनाउँदैछौं । दशैँमा जस्तै तिहारमा पनि टीका लगाउँदा कोरोना संक्रमण हुन्छ कि भनेर विशेष ध्यान दिनुपर्छ । 

तिहारमा भाइटीका लगाउन जाँदा कति मान्छेसँग भेट भएको हुन्छ । अर्को कुरा घरमा त आफ्नै आफ्नै भएका कारण कोरोना नहुन सक्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर रोगले आफ्नो अर्को भन्दैन । त्यसकारण घरमा पनि मास्क लगाउनु पर्छ । र, मास्क लगाउन हिचकिचाउनु हुँदैन । 

चाडपर्वको रमाइलो त गर्ने । तर, भिडभाड नगर्ने । सकेसम्म अलि परपर बस्ने । 

टीका लगाउँदा हातले लगाउने हुनाले त्यो बेलामा निश्चित रुपले नजिक होइन्छ । तर, त्यस बेलामा पनि मास्क लगाउने । किनकि यो कोरोना भनेको मुख अथवा नाकका माध्यमबाट सर्ने छिटो सर्ने भएकोले मास्कको प्रयोग गर्ने । 
यसो गर्दा मुख अथवा नाकबाट निस्कने छिटा अर्को व्यक्तिको नाक अथवा मुखमा पुग्न पाउँदैन र कोरोना सर्ने सम्भावना कम हुन्छ ।

 सकेसम्म नजिक नजिक नहुने । नजिक हुँदा पनि मास्कको प्रयोग गर्ने । टीका लगाउँदा टाढा हुन सकिंदैन त्यसैले त्यस बेला मास्क लगाउने । अरु समयमा भौतिक दूरी कायम गर्ने । 

टीका लगाउँदा पनि साबुन पानीले हात धोएर मात्रै टीका लगाउने । 

चाड मनाउँदा पनि हामीले सावधानी अपनाएर मनाउनु पर्छ । त्यसकारण टीका लगाउँदा साबुनपानीले राम्रोसँग हात धोएर मात्र टीका लगाउने अथवा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने । मास्कको निरन्तर प्रयोग गर्ने । भौतिक दूरी कायम गर्ने । 

कुनै पनि रोगको लागि फोहोर भनेको रोग मौलाउने ठाउँ हो । त्यसैले घर वरपर सफा गर्नुपर्छ । झिंगा, लामखुट्टे, किरा आदि नआउने गरी सफा गर्ने गर्नुपर्छ । 

र, विशेष गरी तिहारमा टीका लगाउने ठाउँलाई पनि स्यानिटाइज गर्ने गर्नुपर्छ । टीका लगाउनु अगाडि सबैजनाले साबुनपानीले राम्रोसँग हात धुने गर्नुपर्छ । सबै जनाले मास्कको उचित प्रयोग गरेर टीका सुरु गर्नु भयो भने कोरोनालाई न्यूनिकरण गर्न सकिन्छ । 

तिहारमा भाइमसला वा मिठाई बाटोमा यसै बेच्न राखेको देखिन्छ । त्यस्ता भाइमसला र मिठाइ सकिन्छ भने त्यसलाई पनि सफा गरौं । अझ सम्भव भयो भने भाइमसला आफैंले प्याक गरेर पनि दिन सकिन्छ । 
घर भित्र्याउँदा पनि राम्रोसँग सफा गरेर मात्र लैजाने गर्नुपर्छ । फूलमालामा पनि संक्रमण हुन सक्ने हुनाले सकभर १÷२ घण्टा बाहिर घाममा राख्ने गर्नुपर्छ । 

केही समय राख्दा घामको किरणले किटाणु मर्ने हुँदा सुरक्षित हुन सक्छ फूलमाला पनि । 

मिठाई पनि सकिन्छ भने आफैं बनाउने । होइन सकिंदैन भने पनि राम्रो खालको धेरै मान्छेको भिडभाड नहुने ठाउँको र राम्रो सिलप्याक मिठाई मात्र लिने गर्नुपर्छ । 

सकभर मिठाई पनि संक्रमित हातले नछोएको र पञ्जा लगाएको हातहरु प्रयोग भएको मिठाई मात्र किन्ने । 

अब धेरै पछि आफन्तसँग भेट हुने हुनाले अंकमाल गर्न पनि मन लाग्ला । तर, यसपटक भने टाढैबाट नमस्ते गरी रोगबाट जोगिनु पर्छ । यसरी हामीले विशेष सावधानी अपनायौं भने चाडपर्व पनि रमाइलो हुन्छ, कोरोनाबाट पनि सुरक्षित भइन्छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया