खुम्बु क्षेत्रकाे हिमाल आराेहणका क्रममा बेपत्ता भएका ३ फ्रान्सेली नागरिककाे शव भेटियाे

 कात्तिक २२, २०७८ सोमबार १६:४३:५८ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव भेटिएको छ । 

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ऋषिराज ढकालले जानकारी दिनुभयो ।

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले ती फ्रान्सेली नागरिककाे शव फेला पारे पनि उद्धार भने आजदेखि खटिएका तालिम प्राप्त फ्रान्सेली नागरिकको टोलीले गरेको हो । 

शवलाई अहिले लुक्लामा राखिएको छ । माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक गएको कात्तिक ९ गतेदेखि बेपत्ता भएका थिए ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया