भीरकोट नगर अस्पतालमा सोलार जडानपछि सेवाप्रवाह प्रभावकारी

 पुस २४, २०७८ शनिबार १३:१९:३२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केबीए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले बताउनुभयो । 

सोलार जडानपश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीकाे भनाइ छ । उहाँले भन्नुभयो,‘अहिले अस्पतालमा लाइन भएको र नभएको थाहै हुँदैन ।’

अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले विद्युत आपूर्तिमा समस्या नभएपछि सेवाग्राहीलाई निक्कै सजिलो हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अस्पतालमा निकट भविष्यमा नै शुरु हुन लागको डाइलाइसिस सेवाका लागि सोलार विद्युतले महत्वपूर्ण सहयोग पुर्याउने छ ।’

कोरोना संक्रमित भएकाहरुलाई राख्ने जिल्लाकै पहिलो आइसोलेसन समेत यही अस्पतालमा छ । तत्कालीन अवस्थामा कालिका सामुदायिक अस्पतालको नामले परिचित रहेको यस अस्पतालको अहिले सम्पूर्ण जिम्मेवारी भीरकोट नगरपालिकाले लिएको छ । 

एकसय शय्याको यस अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी आउने गरेका छन् । जिल्लाको मध्य भाग र राजमार्गबाट नजिक रहेकाले यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गरिने योजना रहेको नगर प्रमुख खनालले बताउनु भयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया