पृथ्वीजयन्तीका अवसरमा स्याङ्जाका सात वटा पालिकाले दिए सार्वजनिक बिदा

 पुस २७, २०७८ मंगलबार १०:८:४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका सात वटा पालिकाले मङ्गलवार सार्वजनिक बिदा दिएका छन् । 

स्याङ्जाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर जानकारी गराएका हुन् ।

यसअघि विश्व हिन्दु युवासङ्घ स्याङ्जाले गएकाे शुक्रवार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन माग गरेको थियो । सङ्घले प्रशासन र ११ वटै पालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष नवराज पौडेलले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया