वैदेशिक रोजगारीबाट नेपाल फर्कँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी नियम

 माघ १०, २०७८ सोमबार १४:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? यदि फर्कँदै हुनुहुन्छ भने कोरोना महामारीको यो समयमा सरकारले लागू गरेका नियमबारे थाहा पाउनुहोस् ।

गएको पुस ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले विदेशबाट स्वदेश फर्कने कोरोना विरुद्धको पुरा मात्रा खोप लगाएका र नलगाएका यात्रुहरूका लागि विभिन्न मापदण्ड तोकेको छ । 

वैदेशिक रोजगारीबाट फर्कँदा कोरोना विरुद्धको खोपको दुवै मात्रा पुरा गरेको १४ दिन पूरा गरेका नेपाली नागरिक र गैर आवासीय नेपालीहरू नेपाल आउँदा हवाई उडानमा चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको प्रमाण हुनपर्छ । www.ccmc.gov.np मा लगइन गरी विदेशबाट नेपाल आउने व्यक्तिले भर्नु पर्ने फारम भर्नपर्छ र त्यसको प्रति प्रिन्ट गरेर साथमा राख्न पर्ने छ ।

नेपाल आइपुग्दा कोरोनाको कुनै लक्षण नदेखिएमा सिधै गन्तव्यमा जान अनुमति पाइन्छ । तर कोरोनाको कुनै लक्षण देखिएमा एन्टिजेन परीक्षण हुन्छ । रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन वा अस्पतालमा र नेगेटिभ आएमा ५ दिनसम्म होम क्वरेण्टीनमा बस्ने गरी विमानस्थलबाट बाहिर निस्कन दिइन्छ ।

खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेकाहरूले पनि जहाजमा चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा हुनपर्छ । www.ccmc.gov.np मा लगइन गरी विदेशबाट नेपाल आउने व्यक्तिले भर्नु पर्ने फारम भर्नपर्छ र त्यसको प्रति प्रिन्ट गरेर साथमा राख्न पर्ने छ ।

अध्यागमन बिन्दुमा एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा गन्तव्यमा जान पाइन्छ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन वा अस्पतालमा बस्ने गरी जान दिइन्छ । 

वैदेशिक रोजगारीमा गएका तर सम्बन्धित देशले फिर्ता गरेका, विदेशी देशले डिपोर्ट गरेका वा बेखर्ची अवस्थामा स्वदेश फर्केका नेपाली नागरिकको हकमा कोरोना विरुद्धको खोपको मात्र पूरा गरेको र नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएका र कुनै लक्षण नदेखिएकालाई सिधै गन्तव्यमा जान दिइन्छ ।

तर खोप नलगाएको भएमा एन्टिजेन परीक्षण हुन्छ । रिपोर्ट पोजेटिभ आएमा नेपाल सरकारले तोकेको आइसोलेसन वा अस्पतालमा १० दिनसम्म राखी रिपोर्ट नेगेटिभ आएपछि मात्र गन्तव्यमा जान दिइन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Suvash kumar raut

    Jan. 24, 2022, 2:26 p.m.

    म विदेश जाँदैछु, के गर्नुपर्ला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया