स्याङ्जामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

 माघ २२, २०७८ शनिबार १३:३८:५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङ्जा – स्याङ्जाको बिरुवामा भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । 

बिरुवा गाँउपालिका–३ धोवादीमा ग १ झ ५९३९ नम्बरको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो । बिरुवा बजारबाट धवादीतर्फ गएको जीप हिजो रातिदेखि सम्पर्क विहीन थियो । आज बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटनामा परेर जीपचालक बिरुवा गाउँपालिका–३ का २६ वर्षीय काबेलबहादुर थापा र सहचालक ३२ वर्षीय काभेशबहादुर थापाको ज्यान गएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया