स्याङ्जामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुग्याे

 बैशाख ४, २०७९ आइतबार १२:८:५६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुगेकाे छ ।

बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप फिरफिरेमा पल्टिएकाे थियाे । 

दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौँ प्राथमिक अस्पतालमा ल्याइएकाे छ । 

जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया