वालिङ जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुग्यो

 बैशाख ५, २०७९ सोमबार १३:०:४४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

वालिङ-१२ का ६० वर्षीय अङ्गबहादुर डालाको आज बिहान उपचारका क्रममा गण्डकी मेडिकल कलेज पाेखरामा ज्यान गएकाे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

घाइते अन्य पाँच जनाको भने गण्डकी अस्पतालमा नै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

आइतवार वालिङ नगरपालिका नगरपालिका-१२ को फिरफिरेमा जीप दुर्घटना भएको हो । घटनास्थलमा नै चार जनाको र उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा एक शिशुको ज्यान गएको थियो । 

जीप ग्रामीण सडकबाट झन्डै दुई सय मिटर तल भिरमा अड्किएको छ । जीपमा ११ जनामा रहेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया