बुटवलमा २ किलाे सुनका गहनासहित पाँचलाख रुपैयाँ नगद चाेरी

 बैशाख १४, २०७९ बुधबार ११:४४:६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बुटवलमा लाखौँ रुपैयाँको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ६ विपी चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गरगहना , २३ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको हो ।

प्रहरी प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार हिजो राति पसल फोडेर सुनका गरगहना र नगद चोरी भएको हो । सञ्चालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग गरेर तालाचावी फोडेर चोरी गरिएको छ । चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएकोले चोरी योजनाबद्ध नै भएको देखिने प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया