गल्याङको मेयर र उपमेयरमा कांग्रेसको जित

 जेठ २, २०७९ सोमबार १६:४५:५४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गल्याङ नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेकाे छ । 

नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले नाै हजार ६२१ मत ल्याएर नगर प्रमुखमा विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरेले आठ हजार ९२२ मत प्राप्त गर्नुभयाे । त्यस्तै नेपाली कांग्रेसकै हेमा न्यौपानेले नाै हजार ११८ मत ल्याएर उपमेयरमा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी देवी थापाले नाै हजार ५५ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया