रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा राप्रपा विजयी

 जेठ ५, २०७९ बिहिबार ८:२८:५९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ ।

जसपाका उम्मेदवार विद्याप्रसाद यादव ७ हजार ४ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका ताहिर अलि भाटले ६ हजार ४ सय ५८ मत ल्याउनुभयो ।

उपाध्यक्षमा भने ६ हजार १ सय ५४ मत ल्याएर राप्रपाकी शिवकान्ती चमार विजयी हुनुभएको छ । जसपाकी रिमा मिश्रले ५ हजार २ सय ९ मत ल्याउनु भएकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया