सर्लाहीकाे गाेडैटा नगरपालिकाकाे मेयर र उपमेयरमा लाेसपा विजयी

 जेठ ५, २०७९ बिहिबार १३:४५:२६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देवेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । 

रायले पाँच हजार दुई सय ९४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहले चार हजार सात सय ५२ मत प्राप्त गर्नुभयाे । 

त्यसैगरी उपमेयरमा पनि लोकतान्त्रिक समाजवादी पार्टीकी अन्जना कुशवाहा पाँच हजार तीन सय एक मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी रामसखी देवीले चार हजार चार सय ९३ मत प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया